प्रशान्त निराैला , २४१ पटक हेरिएको
लेटाङ,१३ भदौ। मोरङ जिल्लाको सुदुर्रोत्तरमा रहेको लेटाङ नगरपालिकालाई विकट ठाँउको रुपमा चिन्छि । यस पालिकालाई धनकुटा जिल्लाले छुन्छ । यहाँ गुँरास फुल्ने देखि घाँसे मैदान सम्मका ठाँउ छन् ।
लेटाङ नगरपालिका क्षेत्र प्राचीन समयमा धिमालहरूको राजधानी समेत हो । यहाँको राजारानी मन्दीर अहिले नेपाल लगायत विश्वमा परिचित छ । सो मन्दीर धिमालहरुको उद्गम स्थलको रुपमा रहेको छ । लेटाङको नाम समेत धिमाल भाषावाट आएको हो ।
यहाँको जनसंख्या ३८ हजार १ सय ५२ रहेको छ । यतिका जनसंख्या भएको नगरपालिकामा गुणस्तररिय स्वास्थ्य सेवाको अभाव छ । यहाँको एक मात्र अस्पताल लेटाङ अस्पतालमा जनशक्तिको अभाव छ । एक जना एमविविएस डाक्टर लेटाङ नरपालिकाले करारमा राखेर सेवा प्रवाह गरिरहेको छ । तर दैनिक २ सय भन्दा बढी विरामी अस्पतलमा सेवा लिन आउछन् । एक जना डाक्टरले यति विरामी हेर्न सम्भव हुदैन ।
अस्पतालले ल्याव सेवालाई ब्यवस्थित गरेको छ । अस्पतालको भवन समेत करिव बनिसकेको छ । तर सेवा दिने डाक्टरको अभावमा विरामीले घरघरमा सिंहदरबारको महसुस गर्न पाएका छैनन् ।
अस्पतालका अध्यक्ष डम्बर वहादुर राईका अनुसार डाक्टरका लागि प्रदेश मन्त्रालय तथा केन्द्रीय मन्त्रीलाई धेरै पटक भनेको तर सुनुवाई नभएको बताउनुहुन्छ । दैनिक अस्पतालमा विरामीको चाप बढेको बढै छ तर यसको निराकरणका लागि सरकार बेखबर जस्तै छ ।
प्रकाशित मिति: २०२३-०८-३० , समय : १६:१३:३३ , १ वर्ष अगाडि