ईनेपालपत्र समाचारदाता , २६२ पटक हेरिएको
दिपेश सार्की ( रोक्का )
कानेपोखरी , ५ भदौ । मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ७को कार्यालयमा बितरण गर्न राखिएको बल मुसाले काटेपछी बिवादमा परेको छ । भनिन्छ खेलाडीहरु भनेको देशका कर्णदार हुन तर यो कुरामा मात्र सिमित छ ।
कानेपोखरी गाउँपालिका स्थानीय सरकारको लापरबाहीको कारण गर्दा यस्तो समस्या आएको स्थानीयहरुको भनाइ रहेको छ । खेलकुद सामाग्रीको अभावको कारणले खेलाडीहरुले समस्या झेल्दै आएका छन । कानेपोखरी सरकारले कार्यालय भवनको कुनै कुनामा खेलकुद सामाग्री लुकाएर राख्छ स्थानीयको भनाइ छ ।
कानेपोखरी गाउँपालिकाबाट १७ ओटा फुटबल ७ नं वडालाइ श्रावण महिनामा आएको वडा अध्यक्ष मोहन प्रसाद अधिकारिले बताउनु भयो । १७ ओटा फुटबलमा अरु बल बितरण गरेको सुचना सामाजिक सन्जालमा नहालेको र बितरण गरेको फोटो रहेको उहाले बताउनु भयो । गत श्रावणमा कार्य कक्षमा धानको थुप्रो थुपारिएको थियो त्यही कारणले गर्दा मुसाले बल काटेको र जुन जुन बल मुसाले काटेको बल एकठाउमा राखेको र मुसाले नकाटेको बल एक ठाउँमा राखेको उहाँले बताउनु भयो ।
प्रकाशित मिति: २०२३-०८-२२ , समय : २०:३४:४१ , १ वर्ष अगाडि