ईनेपालपत्र समाचारदाता , २४५ पटक हेरिएको
दिपेश सार्की
पथरी, २२ साउन । मोरङको पथरी शनिस्चरे नगरपालिकामा डेङ्गे भाइरस सङ्क्रमितको सङ्ख्या दिन प्रतीदिन बढ्दै गएको छ । डेङ्गे भाइसले अहिलेको अवस्थामा हेर्ने हो भने मोरङ र सुनसरीका केही ठाउँहरुमा प्रभावित पारेको छ। त्यसतै पथरीमा पनि धेरै डेङ्गे भारसले प्रभाव पारिरहेको छ ।
पथरी शनिस्चरे नगरपालिकामा दिन प्रती दिन सङ्ख्या बढ्दै गएको छ । अहिले नगर अस्पतालमा डेङ्गे जाँच गर्ने को सङ्ख्या बढ्दै गएको छ । डेङ्गे भाइरस मछडको टोकाइबाट लाग्ने भाइरस रहेको छ ।
पथरी नगर अस्पतालमा अहिलेसम्म ११२३ जनामा डेङ्गे भाइरस जाँच गरेकोमा ५२६ जना डेङ्गे भाइरस सङ्क्रमण भएको स्वास्थ शाखा प्रमुख मुरारी आचार्यले बताउनु भयो ।जब धरान उपमहानगरपालिकाबाट डेङ्गे भाइरस सुरु भयो भनेर सुचना पाइसकेपछी पथरी नगर भरि रहेका प्रत्येक वडामा औसधि हान्ने काम भएको तथा ´ सर्च यान्ड डिस्ट्रोवे म्याथडबाट डेङ्गे भाइरसको नियन्त्रणमा लागेको स्वास्थ्य शाखा प्रमुख आचार्यले बताउनु भयो ।
प्रकाशित मिति: २०२३-०८-०७ , समय : ०५:४९:१३ , १ वर्ष अगाडि