शिवशक्ति बाबाको कालो धन्दा, आज एकजनाको मृत्युु

प्रशान्त निराैला , १९१६  पटक हेरिएको

लेटाङ, १ साउन। सदियौँदेखि चल्दै आएको धामी झाँक्री तथा झारफुक विधि गाउँघरमा मात्र होइन, यो विधि अब सहरमा पनि खुलेयाम रूपमा सुरु भएको छ । गाउँघरमा जरो गाडेका यस्ता प्रवृत्ति अब सहरमा पनि खुलेआम रूपमा प्रचार प्रसारका साथ सुरु गरिएको छ । मोरङ जिल्ला लेटाङ नगरपालिका ९ जाँतेमा झारफुक तन्त्रमन्त्र विधिको बारेमा तुल र व्यानर राखेर प्रचारप्रसार गरिए पनि प्रहरी प्रशासन मूकदर्शक बनेर बसेको देख्न सकिन्छ ।
चौकमा २४ सै घण्टा प्रहरीको गस्ती हुन्छ । यहाँ हरेक क्षण प्रहरी ड्युटीमा रहन्छन् तर पनि यस्ता प्रविधिको तुल ब्यानर र अड्डा जमाउदा समेत कुनै सुनुवाइ नभएको नगरवासीहरूले गुनासो गरेका छन् । कानुनले समेत प्रतिबन्ध लगाएको यस्ता प्रविधिको बारेमा प्रचारप्रसार सार्वजनिक रूपमै गरिँदासमेत कुनै सुनुवाइ भएको देखिँदैन ।
लामो समयको अनुभवले औषधि र (टुनामुना) को माध्यमबाट जस्तोसुकै पुरानो रोग पनि ठिक गर्ने गरिएको दाबी गरिएको छ ।
शिवशक्ति बाबा नामको झाँक्रीले पुरानोभन्दा पुरानो छालाको रोग, लिकोरिया, महिनावारीको गडबडी, मिर्गी, प्यारालाइसिस ठिक पार्ने दाबि गर्दै आएका छन । घरमै लज सन्चालन गरेर घरमा बिहान ६ बजे देखि ११ बजेसम्म रोगीहरूलाई चेकजाँच गर्दै आएको पाइएको हो ।
‘दिनहुँजसो बिरामीहरू आउने गर्दछन् । प्रत्येक बिरामीसँग लाखौ अशुल्ने गरेको पाइएको छ।
यसरी कानुनले बन्देज लगाएको टुनामुना धामी झाँक्रीको प्रचारप्रसार सार्वजनिक रूपमै हुँदा पनि प्रहरी प्रशासन मौन बस्नु समाजको लागि दुःखद कुरा भएको स्थानिय सन्तोस मगरको गुनासो छ।
कुनै रोग लागेको छ भने अस्पताल छन्, उहाँले भन्नुभयोे, ‘अस्पतालमा गएर डाक्टरसँग सम्पर्क गर्दा निको हुने कुरालाई यस्ता झाकृहरुले तुल ब्यानर झुण्ड्याएर आम जनतालाई रोग निको पार्ने बहानामा ठग्दै आएका छन् । यसप्रति राज्य र प्रहरी प्रशासन चनाखो हुनुपर्छ । चनाखो नभएकै कारण अहिलेको समयमा पनि मानिसहरू यस्ता ढोंगी साधु सन्त, धामी झाँक्रीको कुरामा लागेर आफ्नो पैसा मात्र होइन जीवन समेत बर्बाद गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।’
दिनहुँजसो विभिन्न समाचार माध्यमबाट धामी झाँक्री, निम हकिमको कुरामा नलाग्न प्रचार प्रसार भए पनि मानिसहरू जानीजानी यस्ता व्यक्तिहरूको हातको कठपुतली बन्ने गरेको उहाँले बताउनुभयो ।
अझ पोइसा दिइ झाँक्रीले युटुबर बोलाएर सबै रोग निको हुने दाबि सहित स्कृपटेड भिडियो बनाउने गरिएको एक युटुबरले बताए ।
”एकजना साथीले बोलाएर गएको भिडियो खिचेको ५ हजार पाईयो ” एक युट्युबरले भने ।
यस्ता क्रियाकलाप बन्द गर्न गराउन स्वयं प्रशासन नै निरीह देखिएको छ । यस्ता काम गर्ने गराउने दुवैलाई कानुनी कठघरामा ल्याई कानुनबमोजिम दण्ड सजाय दिलाउनुपर्ने सबैले आवाज उठाईरहेका छन । यस्तो क्रियाकलाप गर्ने जो कोहीलाई पनि कानुन बमोजिम कारबाही हुनेछ । धामी झाँक्रीको बारेमा प्रचारप्रसार गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्नुपर्ने समेत माग स्थानियले गर्न थालेका छन ।
धामीझाक्रीको नाममा ठगेका विभिन्न घटनाहरु प्रचारमा आएता पनि यस्ता घटनाहरु दोहोरिरहेका छन । शिवशक्ती बाबा नाममा भाईरल भएका झाक्रीको कालोकर्तुत बाहिर आउने क्रम जारी छ ।उनी विगतमा विभिन्न अपराधीक घटन्नामा समेत सम्लग्न रहेका थिए । चोरी निकाशी र हत्यामा समेत सम्लग्न उनले केहि समय जेलामा समेत बसेका थिए । पछी सफाया पाएपछी एकाएक शिवशक्ती बाबाको नाममा भाइरल भए र अहिले पनि उनी झारफुका गरेरै बसेका छन ।
आज बिहान मात्र उपचारमा आएका एक जनाको मृत्यु भएको छ । उक्त अखडामा मानिसहरु उपचारमा आउछन तर उपचारको नाममा ठगिएर जाने गरेका छन । उक्त ठाउँ बाट ४ जना भन्दा बढीको मृत्यु भईसकेको समेत स्थानियले बताएका छन । एउटा बिरामीलाई खाने बस्ने ब्यबस्था गरेर समेत पोइसा अशुली धन्दा समेत गरिरहेका छन । स्थानिय बासिले लेटाङ नगरपालिकामा समेत यस ठगी धन्दाको बारेमा उजुरी गरेका छन । तथापी उनिले भगवानको नाम लिएर धन्दा चलाईरहेका छन ।

प्रकाशित मिति: २०२३-०७-१७ , समय : ११:३५:३७ , १ वर्ष अगाडि