हाम्रो समाचारदाता , २२७ पटक हेरिएको
लेटाङ, १६ असार । किरात राई यायोक्खा प्रारम्भिक वडा कार्यसमिति लेटाङ २ ले साकेला थान १६ नम्बरमा रहेको खुल्ला ठाँउमा बृक्षारोपण कार्यक्रम गरेको छ ।
जनचाहाना सामुदायिक बन उपभोक्ता समितिको सहयोगमा यायोक्खाले करिव ४ सय विरुवा रोपेको हो । सिरिस,कटहर, अम्वा, अमला, कागती, धुपी , आँप,साल, लप्सी ,रिठ्ठा लगायतका विरुवा रोपेको हो ।
बृक्षारोपण गरिएपनि विरुवालाई हुर्काउन भने चुनौती देखिएको छ । चरिचरन क्षेत्र भएकाले उक्त ठाँउका विरुवाह पशुचौपायले खाने संभावना छ ।
लेटाङ नगरपालिकाले बृक्षरोपण गरेको ठाँउलाई घेरावारा गर्नका लागि यायोक्खाले प्रस्ताव गरेको र आगामी आर्थीक वर्ष ०८०÷०८१ मा रकम विनियोजन गरिदिनेमा आशावादी रहेको छ ।
प्रकाशित मिति: २०२३-०७-०१ , समय : १७:२९:४९ , १ वर्ष अगाडि