विश्वासको मत नपाएपछि ढल्यो हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकार

हाम्रो समाचारदाता , २१७  पटक हेरिएको

मोरङ, १५ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव १ मतले फेल भएको छ । प्रस्ताव फेल भएपछि कोशी प्रदेशको कार्की नेतृत्वको सरकार ढलेको छ । विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको छ । ९३ सदस्यीय कोशी सभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ । बहुमत पूरा गर्न नसकेसँगै १ सय ७४ दिनपछि मुख्यमन्त्री बाहिरिएका छन् । प्रदेशसभामा ८९ सांसद उपस्थित थिए ।

कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले भोट हाले । विपक्षमा गठबन्धन दलमा रहेका कांग्रेसका २९, माओवादीका १२ र नेकपा एसका ४ प्रदेशसभा सदस्यले मत हालेका छन् । गठबन्धन घटकमा रहेको जसपाकी सांसद निर्मला लिम्बू भने बैठकमा अनुपस्थित थिइन् । कार्की २०७९ पुस २४ मा नियुक्त भई २५ गते शपथ लिएका थिए ।

प्रकाशित मिति: २०२३-०६-३० , समय : १६:०६:४६ , १ वर्ष अगाडि