हाम्रो समाचारदाता , १७२ पटक हेरिएको
अष्ट्रेलिया, १४ असार । संसारमा देश होस कि घर, समाज होस कि परिवार त्यसको अगुवाको मनोविज्ञानले धेरै राम्रा पनि कुरा भएका छन् । धेरै नराम्रा पनि कुराभएका छन् । विगतमा हाम्रो समाजमा फलानो ज्ञानी, फलानोको मानसिक सन्तुलन विग्रेको सम्म भन्यो सक्यो हुन्थ्यो । तर अहिले मानसिक स्वास्थ्यलाई पनि महत्व दिन थाले पछि त्यसले धेरै मनोविज्ञानमा देखिने समस्याहरुको उपचार सहज भएको छ ।
अष्ट्रेलियाको एडिलेडमा रहेर संचार तथा भिडियो निर्माणमा लागेका निजम केशीले मानिसमा देखिने समस्या ग्रस्त मनोविज्ञान वारे तीन लघु कथाको भिडियो हालै सार्वजनिक गरेका छन् ।
कथामा अभिनयमा समेत दुरुस्तै उतारेका केशीले पहिलो भिडियोमा भविष्य वाणी गर्न सक्ने क्षमताबारेमा देखाउने प्रयास गरेका छन् ।मनोविज्ञानमा आधारित भिडियो मध्यको दोस्रोमा अपराधिक वाल मनोविज्ञानलाई देखाउन खोजेका छन् । जसको वच्चा देखिकैमनोविज्ञानले ठुलो भए पछि पनि परिवार भित्रै भाउजु माथीको हिंसालाई देखाईएको छ ।
त्यसै गरि तेस्रो कथामा प्रेमीका संगको विकृत प्रेमलाई देखाउन खोजेका छन् । जसमा एक युवकले प्रेमीकालाई खुशी देख्न साथीकैहत्या गर्छ । अन्धो प्रेमले मिल्ने साथीको हत्या गरेर कथा समाप्त हुन्छ ।
निजम केशी फिल्मस(Nizam KC Films)ले निर्माण गरेको उक्त तीन लघु चलचित्र संग्रहको एउटा कथा नेपाल र दुइबटा कथाअष्ट्रेलियामा छायांकन गरिएको छ । जसको कथा लेखन र निर्देशन समेत केशीले नै गरेको छन् । चलचित्र युट्युवमा उपलब्ध रहेको छ ।
प्रकाशित मिति: २०२३-०६-२९ , समय : १७:४०:२५ , २ वर्ष अगाडि