ईनेपालपत्र समाचारदाता , १८९३ पटक हेरिएको
लेटाङ २ असार । लेटाङ ८ जाँतेमा रहेको नमुना बलबिकास केन्द्रमा अध्ययन गर्ने २० जना बिध्यार्थी अलपत्र परेका छन । बालबिकास केन्द्रमा अध्ययन गर्ने बिध्यार्थिहरुको भबिस्यमा खेलबाड हुन थालेपछी अभिभावकहरुले समेत आक्रोश ब्यक्त गर्न थालेका छन ।
बालबिकास केन्द्रकी सहजकर्ता लक्ष्मी न्यौपानेलाई बिध्यालय ब्य्बस्थापन समितिले बिना कारण निकालेर नयाँ बिज्ञापनको सुचना सार्बजनिक गर्दै बालबिकास केन्द्र बन्द गरेर सन्चालक समिती बेखबर बनेको भन्दै अभिभावकहरु असन्तुष्ट बनेका हुन ।
उच्च अदालत बिराटनगरले उत्प्रेषण परमादेश जारी गर्दै शिक्षिका र ब्यबस्थापन समितिलाई छलफल गराउनु पर्ने भन्दै असार ४ गतेका लागि पेशी तोकेको छ । त्यो भन्दा अगाडि अदालतमा केन्द्र ब्यबस्थापन समितिले लिखित जवाफ अदालतमा पेश गर्न आदेश समेत गरेको बताईएको छ ।
यता ब्यबस्थापन समितिका अध्यक्ष मनोरथ घिमिरेले शिक्षिकाको करार म्याद सकिएकाले अर्को बिज्ञापन गरेको जिकिर गर्नु भयो ।
यता ८ नं. वडा कार्यालयका वडा सदस्य नवीन लिम्बू सङ यो बिसयमा बुझ्न खोज्दा आफुलाई यस बिसयमा प्रस्ट जानकारी नभएको बताउनुभयो ।
प्रकाशित मिति: २०२३-०६-१७ , समय : २१:४७:३० , २ वर्ष अगाडि