हाम्रो समाचारदाता , २४० पटक हेरिएको
मोरङ, २९ वैशाख । मोरङको बूढीगङ्गा – ५ मा रहेको राठी म्यानुफ्याक्चर उद्योगमा आज राति दुई बजेदेखि लागेको आगो अहिले नियन्त्रणमा आएको छ ।
विद्युतीय सामग्री उत्पादन उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्राविधिकले अनुमान गरेका छन् । मोरङ, सुनसरी, झापाका १२ वटा दमकललगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिनुभयो ।
आगलागीबाट उद्योगमा रहेका कच्चा पदार्थ एवं उत्पादित सामग्री जलेर नष्ट भएका छन् भने क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।
प्रकाशित मिति: २०२३-०५-१२ , समय : १५:२०:३७ , २ वर्ष अगाडि