काभ्रेमा केएमसीकाे निशुल्क स्वास्थ्य शिविर hari , ३६५ पटक हेरिएको काठमाडौं, १९ फागुन । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले काभ्रेको पनौतीमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । केएमसीले पनौती ६ नमोबुद्धमा ज्योति मिरमिरे सामुदायिक बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो । उक्त स्वास्थ्य शिविरमा ६५२ जना बिरामीको अस्पतालका विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरेको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिनुभयाे। दाहालमा अनुसार उक्त स्वास्थ्य शिविरमा ४५ जनाको इसिजी, ८७ जनाको ल्याब परीक्षण, ९९ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै, १३ जनाको दाँत खोलिएको र २२ जना बिरामीलाई थप स्वास्थ्य परीक्षण र उपचारका लागि ओ.टी. रेफर गरिएको केएमसीले जनाएको छ । स्वास्थ्य शिविरमा स्त्री रोग, बाल रोग, नसा रोग, हाडजोर्नी तथा साधारण स्वास्थ्य परीक्षण, नाक कान घाँटी तथा आँखा सम्बन्धी सम्पूर्ण परीक्षण सेवा दिइएको छ । सामाजिक उत्तरदायित्व अन्तरगतग गरिँदै आएको निःशुल्क स्वास्थ्य शिविरबाट ग्रामिण क्षेत्रमा रहेका नागरिक, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक बढी लाभान्वित भइरहेका छन् । केएमसीका तत्कालिन कार्यकारी अध्यक्ष हाल प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले निःशुल्क स्वास्थ्य शिविरको अभियान सुरुवात गरेका थिए । प्रकाशित मिति: २०२३-०३-०३ , समय : १९:२५:०२ , २ वर्ष अगाडि