नाेवेल अस्पताल गाउँ गाउँमा सेवा दिँदै

enepalpatra , २८९  पटक हेरिएको

विराटनगर, १३ फागुन । मोरङको सुन्दरहरैंचामा नोबेल शिक्षण अस्पतालले निःशुल्क स्वास्थ्य शिविर गरेको छ । नोबेलले शुक्रबार  सिद्धार्थ सेकेण्डरी स्कुलसँगको सहकार्यमा सुन्दरहरैंचामा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

स्कुलको वार्षिकोत्सवको अवसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६११ जनाको स्वास्थ्य जाँच गरिएको नोबेलका अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयाे । उक्त स्वास्थ्य शिविरमा ४१ जनाको इसिजी, ११३ जनाको ल्याब परीक्षण, १४७ जनाको भिडियो एक्सरे गरिएको छ । भने, १५ जनाको दाँत खोलिएको छ ।

सामाजिक उत्तरदायित्व अन्तरगत आम जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिने उद्देश्यले निरन्तर निःशुल्क स्वास्थ्य शिविर गरिएको नोबेलकी प्रबन्ध निर्देशक इन्दिरा शर्माले बताउनु भयो । प्रदेश १ कै उत्कृष्ट स्वास्थ्य संस्थाका रुपमा रहेको नोबेलले आफ्ना सेवाहरु जनमानसमा पुर्याउनका लागि पनि गाउँगाउँमा स्वास्थ्य सेवा दिइरहेको छ ।

प्रकाशित मिति: २०२३-०२-२५ , समय : १३:५०:३५ , २ वर्ष अगाडि