इनेपालपत्र , ४५६ पटक हेरिएको
जाँते, ४ कार्तिक । मंसिर ४ मा हुन गईरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सदस्य पदको निर्वाचनलाई लक्षित गरि मोरङको लेटाङ नगरपालिकामा निर्वाचन परिचालन समिती गठन गरिएको छ ।
नेपाली काँग्रेस लेटाङ नगरपालिका ८ का सभापति पदम बहादुर मगरको संयोजकत्वमा १५ सदस्यीय मुल निर्वाचन परिचालन समिती गठन भएको हो ।
समितिको सहसंयोजकमा नेकपा समाजबादिका दुर्गा प्रसाद पोख्रेल चयन भए । समितिको सचिबमा माओबादी केन्द्रका भएका छन ।
सदस्यमा कांग्रेस बाट लोकबिक्रम लिम्बू , देबि कुमारी राई , ओमनाथ पौडेल र जुनु राई , समाजबादी बाट जीवन लिम्बू , राज सम्सेर थापा , कमल पोख्रेल लगायत भए । माओबादी केन्द्र बाट श्याम मगर , भोलानाथ पान्डे लगायत छन ।
समितिले गठबन्धनका उम्मेद्बारहरु प्रतिनिधि सभामा डिगबहादुर लिम्बुलाई रुख चिन्हमा , प्रदेश ” क ” मा कुसल लिम्बू र प्रदेश ख मा उपेन्द्र प्रसाद घिमिरेलाई जिताउन महत्वपूर्ण भुमिका खेल्नेछ ।
प्रकाशित मिति: २०२२-१०-२१ , समय : १९:०७:५४ , २ वर्ष अगाडि