इनेपालपत्र , ३५६ पटक हेरिएको
उर्लाबारी ,३ असोज । मोरङ क्षेत्र नं १ बाट गठबन्धनका साझा उम्मेदवार डिगबहादुर लिम्बुले जनजीवीका, विकास र समृद्धिका लागि गठबन्धन राष्ट्रिय आवश्यकता भएको स्पष्ट पार्दै यसलाई चुनौति र अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।
राजनीतिक दल विना देश नचल्ने ठोकुवा गर्दै लिम्बुले भ्रष्टचार न्युनिकरणका लागि गठबन्धन गरिएको बताउनुभयो । आपसी विश्वास र सद्भावका साथ गरिएको गठबन्धनले नै चुनावपछि सरकार बनाउने र त्यसपछि सबै मिलेर कमजोर अर्थतन्त्रलाई सुधारेर युवाको आक्रोशलाई व्यवस्थापन गर्न सकिने उहाँको भनाई छ ।
चुनाबपछि पनि गठबन्धन जारी रहने बताउँदै दिगो विकास र समृद्धि नेपाली जनताले चाहेको र त्यो मिसनमा लाग्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।
प्रकाशित मिति: २०२२-१०-२० , समय : २३:११:२० , २ वर्ष अगाडि