कति पाईन्छ मोरङमा चुनाब खर्च गर्न ?

ईनेपालपत्र , ३४२  पटक हेरिएको

बिराटनगर , १७ असोजआगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल वा उम्मेद्वारले गर्ने खर्चको अधिकतम हद निर्वाचन आयोगले तोकेको छ । आयोगले निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई निर्वाचनका लागि खर्चको हद तोकेको हो ।
प्रतिनिधिसभाको निर्वाचनमा मोरङ क्षेत्र नं. १, २ र ३ मा निर्वाचन खर्चको हद ३१ लाख र क्षेत्र नं. ४, ५ र ६ मा २९ लाख तोकिएको छ । यस्तै, प्रदेश सभा सदस्यको निर्वाचनमा मोरङ क्षेत्र नं. ४ (२), ५ (१), ५ (२) र ६ (२) मा १५ लाख, क्षेत्र नं. १ (१), २ (१), २ (२), ३ (१), ३ (२), ४ (१) र ६ (१) मा १७ लाख, मोरङ १ (२) मा १९ लाख रुपैयाँ खर्चको हद तोकिएको छ ।
निर्वाचनमा सहभागी हुने राजनीतिक दल वा उम्मेदवारले तोकिएबमोजिमको रकम मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवम् विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनलगायतका विषय क्षेत्रमा खर्च गर्न पाउनेछन् ।

प्रकाशित मिति: २०२२-१०-०३ , समय : १२:१६:३३ , २ वर्ष अगाडि