प्रशान्त निराैला , ३२२ पटक हेरिएको

मोरङ, २२ साउन । मोरङको जहदा गाउँपालिका-३ ठुलो हातिबन्दाबाट ठुलो परिणाममा लागुऔषध गाँजा बरामद भएको छ ।
शनिवार बेलुका साढे ६ बजे ईलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले स्थानीय ४० बर्षीय भुसाराम राजबंशीको घर पछाडि रहेको कटेरोमा प्लाष्टीकमा प्याक गरी बोरामा हाली लुकाई राखिएको ३८ किलो गाँजा बरामद गरेको हो ।
राजवंशीको घरबाट गाँजा बरामद भएता पनी राजवंशी फेला नपरेको तथा उनको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
प्रकाशित मिति: २०२२-०८-०७ , समय : ११:४१:०९ , ३ वर्ष अगाडि