हाम्रो समाचारदाता , ५१५ पटक हेरिएको

ब्रह्मदेव यादव
विराटनगर, १८ साउन । कोरोना संक्रमितको संख्या र मृत्युदर बढ्न थालेपछि तीन तहकै सरकारले मन्त्रालयदेखि सरकारी कार्यालय प्रवेशमा माक्स अनिवार्य गरेको छ ।
जिल्ला प्रशासन मोरङले संघीय प्रदेश र स्थानीय तहका कार्यालयलाई कोरोना संक्रमणबाट बच्न र बाच्नका लागि अनिवार्य रूपमा माक्स लगाउन पत्राचार गरेको छ । प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले संक्रमितको संख्या र मृत्युदर बढ्न थालेकोले माक्स अनिवार्य गरिएको बताए ।
प्रदेश नं. १ को राजधानी विराटनगरमा रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेशसभा सचिवालय लगायत मातहतका सरकारी कार्यालयमा अनिवार्य छन् । माक्सको व्यवस्था गरेको छ। माक्स लगाएर नआउने जोकोहीलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ । संघीय सरकार मातहत रहेको कार्यालय र स्थानीय तहले समेत माक्स लगाएर नआउने सेवाग्राहीलाई कार्यालयमा रोक लगाउन थालेको छ ।
विराटनगरमा अतिनै भीडभाड हुने मालपोत तथा भूमिसुधार, नापी, विद्युत जस्ता कार्यालयमा सेवाग्राहीदेखि सेवा प्रदायकहरूलाई अनिवार्य माक्सको व्यवस्था गरिएको छ । सोमबारदेखि जिल्लावासीलाई विराटनगर महानगरपालिकाले अनिवार्य रूपमा माक्सको व्यवस्था गरेको छ । माक्स नलगाई आउने सेवाग्राहीलाई कार्यालय प्रवेशमा रोक लगाइएको मेयर नागेश कोइरालाले बताए । प्रमुख जिल्ला अधिकारी दाहालले कोभिड – १९ को जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठक बसेर कोरोना संक्रमितको संख्या र मृत्युदर बढीरहेको र जोखिम उच्च रहेकोले सावधानी अपनाउन निर्देशन दिएका कार्यालय विराटनगर महानगरपालिकाको रानी हेल्थ डेक्सले भारतबाट नेपाल र नेपालबाट भारत आवतजावत गर्ने जोकोहीलाई पहिलो चरणमा अनिवार्य रूपमा माक्स लगाउन र त्यसपछि स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको बताए ।
छ । सोमबार प्रजिअ दाहालले भने, ‘संक्रमितको अवस्था उच्च जोखिममा छ, समयमा नै सावधानी अपनाउन सकिएन भने ठूलो जनधनको क्षति हुन्छ ।’
सुरक्षित राख्न समयमा नै सावधानी अपनाउने प्रयास थालिएको उनले बताए प्रदेश सरकारलको मन्त्रालयदेखि सरकारी कार्यालयमा अनिवार्य माक्सको व्यवस्था गरिएको छ भने जिल्लाभरीका निजी तथा सरकारी विद्यालयका अध्ययनरत विद्यार्थीलाई अनिवार्य रूपमा माक्स लगाउन पत्राचार गरिएको छ ।
सरकारी तथा निजी विद्यालयले आफ्ना विद्यार्थीलाई समयमा नै माक्स लगाएर कक्षा संचालन गरियो भने विद्यार्थी कम संचालन हुने र दिगोसम्म कक्षा संचालन हुने र माक्स नलगाई खेलबाड गरी संक्रमण फैलिएर भयावह बन्ने र शिक्षापनि अवरुद्ध बन्ने हुनाले समयमा नै माक्स लगाएर सुरक्षित रहन पत्राचार गरिएको प्रजिअ दाहालले जानकारी दिए ।
प्रकाशित मिति: २०२२-०८-०३ , समय : ०८:२८:३३ , ३ वर्ष अगाडि