खोला दोहनमा संलग्न प्रहरीको नियन्त्रणमा

ईनेपाल रिपोर्ट , ५०४  पटक हेरिएको

मोरङ, २० असार । मोरङको केराबारी-८ स्थित रहेको खदम खोला, केराबारी-७ स्थित रहेको मुगु खोला, सुन्दरहरैचा-५ स्थित रहेको बुढीखोला र बेलबारी-२ स्थित रहेको लोहन्द्रा खोलाबाट अवैधरुपमा गिटि, बालुवा उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले ४ वटा टिफर, ४ वटा ट्रयाक्टर , एउटा जेसिवि र चालकलाई लिएको हो ।

उनिहरुलाई प्रचलित कानुन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०७-०४ , समय : १९:१५:३७ , ३ वर्ष अगाडि